कांग्रेस पक्षीय नगर सभासदले पोखरा महानगरको कार्यालयमा गरे तालाबन्दी

सोमबार, ०७ माघ २०८१
पोखरा : नेपाली कांग्रेस पक्षीय नगर सभासदहरूले पोखरा महानगरपालिकाको मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् । बहुमत सदस्य उपस्थित हुँदा हुँदै पनि मेयरले नगरसभा स्थगित गरेको भन्दै कांग्रेस पक्षीय नगर सभासदहरूले पोखरा महानगरपालिकाको मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । करारमा कर्मचारी नियुक्ति सम्झौता कार्यान्वयन नगर्न दबाब दिँदै नेकपा एमालेले सोमबारको नगर सभा बैठक बहिष्कार गरेको थियो । एमालेका जनप्रतिनिधिले बैठक बहिष्कार गरेपछि मेयर धनराज आचार्यले नगर सभा बैठक स्थगित गरेका थिए । करारमा कर्मचारी नियुक्तिको विषयलाई लिएर पोखरा महानगरपालिकाभित्र लामो समयदेखि विवाद छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार