हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने

आइतबार, १३ माघ २०८१
काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । सभामुख घिमिरेले सत्तामा रहेका दल नेपाली कांग्रेस र एमालेका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् । सिंहदरबार स्थित सभामुखको कार्यकक्षमा भएको बैठकमा उपसभामुख इन्दिरा रानासहित एमालेका मुख्य सचेक महेश बर्तौला तथा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे उपस्थित रहेका थिए । कार्यकक्षमा भएको बैठकमा पुनः भोलिलाई बैठक बोइएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बताए । उनले भने, ‘प्रमुख र मुख्य सचेतकहरुलाई पुनः भोलि (सोमबार) लाई बोलाइएको छ । आज खासगरी बैठकले गर्ने भौतिक तयारीका विषयमा छलफल भयो । संसद्को हिउँदे अधिवेशनको तयारी स्वरूप सभामुख घिमिरेले बैठक बोलाएका हुन् । ’ यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसद्मा सम्बोधन गर्ने भएका छन् । संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ । उक्त दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीले पहिलो दिन संसद्मा सम्बोधन गर्नुहुनेछ । आजै प्रधानमन्त्रीलाई सभामुखले भेटेका थिए । भेटमा प्रधानमन्त्रीले सम्बोधन गर्ने हामीलाई सभामुखले बैठकमा जानकारी गराए , सम्बोधन गर्ने कुरा चलेको छ । अर्को बैठकमा के गर्ने भन्ने निर्णय हुन्छ । हिउँदे अधिवेशनबारे सभामुख देवराज घिमिरेले आइतबार सत्तापक्षका प्रमुख सचेतकहरूसँग छलफल गरिसकेका छन् । त्यस्तै, उनले आजै प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकसँग पनि छलफल गर्नेछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार