मञ्चिय उदघोषण कार्यक्रम, सामाजिक संजाल युट्यूवको प्रयोग बिधि र आम्दानीको श्रोतका विषयमा चलचित्र पत्रकार संघ सुनसरीका उपाध्यक्ष मनोज दाहालले प्रशिक्षण गरेका थिए भने सञ्चारको अवधारणा ,भाषणकला , रेडियो उदघोषण तथा रेडियो कार्यक्रमका विषयमा हार्ट एफ एम का कार्यक्रम संयोजक बिनोद विश्वकर्माले प्रशिक्षण गरेका थिए । प्रशिक्षणमा २७ जना सहभागीको सहभागिता रहेको थियो ।
हिमालयन अगुवापन तालिम र ज्योति चर्चको आयोजनामा एक महिना देखी बाइबलिय अगुवापन तालिम सञ्चालन हुँदै आएको थियो । सोही तालिममा प्रशिक्षार्थीहरुलाई सञ्चार क्षेत्रको आधारभुत ज्ञान प्रदान गर्ने उद्देश्य सहित तिनदिने उदघोषण तथा आधारभुत पत्रकारिता तालिम आयोजना गरिएको चर्चका पास्टर मचिन्द्र लावतीले जानकारी दिए ।
प्रतिक्रिया