फुटबल प्रशिक्षक तथा पूर्व खेलाडी श्रेष्ठको निधन

आइतबार, ११ फागुन २०८१
काठमाडौं । फुटबल प्रशिक्षक तथा नेपालका पूर्व खेलाडी हरिओम श्रेष्ठको निधन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहका अनुसार श्रेष्ठको आइतबार अस्पताल लैजाने क्रममा निधन भएको हो । ५४ वर्षीय श्रेष्ठमा यसअघि पनि मुटुको समस्या देखिएको थियो । पछिल्लो समय न्युरोड टिम (एनआरटी) को प्रशिक्षक रहेका श्रेष्ठको नेतृत्वमा टोलीले बुढा सुब्बा गोल्डकप खेलेको थियो। प्रतियोगिताकै क्रममा उनको स्वास्थ्यमा समस्या देखिएको थियो । श्रेष्ठको निधनपछि एनआरटीले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएको छ । थ्रीस्टार, आरसिटी, एनआरटी, मनाङ मर्स्याङदी जस्ता चर्चित क्लबबाट घरेलु फुटबल खेलेका श्रेष्ठ राष्ट्रिय टोलीबाट समेत खेलेका थिए । श्रेष्ठले नेपालको उमेर समूहको प्रशिक्षक भएर समेत काम गरेका थिए । विभिन्न क्लबको प्रशिक्षक भएका श्रेष्ठ निधनमा फुटबलकर्मीले शोक व्यक्त गरेका छन् । उनकै नेतृत्वमा क्लबले हालै बुढासुब्बा गोल्डकप खेलेको थियो । प्रतियोगिताका क्रममा धरानमा रहँदा उनलाई हृदयघात भएपछि काठमाडौं ल्याइएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार