कुलमानका पक्षमा माइतीघर मण्डलामा प्रदर्शन 

विहीबार, १५ फागुन २०८१
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका समर्थकहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । बिहीबार ‘नेपाली जनता’को ब्यानरमा खबरदारी कार्यक्रम गरिएको हो । सरकारले घिसिङलाई पदबाट हटाउने तयारी गरेपछि समर्थकहरू सडकमा आएका हुन् । ‘देशलाई अन्धकारमा धकेल्ने सरकार चाहिँदैन,कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउन पाइँदैन ।’ भन्ने नाराका साथ हातमा टुकी बत्ती लिएर खबरदारी गरिएको छ । प्रदर्शनकारी सुखी नेपाली अभियानका संयोजक रामेश्वर श्रेष्ठले देशलाई माया गर्ने व्यक्ति देशलाई चाहिएको व्यक्ति हटाउन पाइँदैन भन्दै कुलमानलाई स्पष्टीकरण सोधेर काम गर्ने वातावरण नदिएको बताएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार