रौतहट । मधेस प्रदेशका आठ जिल्ला आँप र लिचिको लागि पकेट क्षेत्र मानिन्छ । विशेष गरी रौतहटमा आँप र लिचिको व्यावसायिक खेती हुने गर्दछ ।
तर फाल्गुनको पहिलो सातादेखि नै आँप र लिचिमा मोजर( मजुर (फूल) लाग्न थालेका छन् ।
चैतको मध्यसम्म टिकोरा ९आँपको सुरुवाती अवस्था० चिचिला देखापर्ने गर्दछ । अहिले आँप र लिचीमा लागेको फूलले कृषक खुसी भएका छन् भने उत्पादन बढ्ने अपेक्षा गरिएको छ ।
आँप लिचीमा राम्ररी मञ्जरी लागेपछि मधुवा नामको किराको सङ्क्रमण हुने कृषक शम्भु यादवले बताए । यसका लागि होली सकिएपछि रोग र किराबाट जोगाउन औषधि छिर्ने तयारी थालिएको उनको भनाइ छ ।
उनले भने, ‘फूल त गज्जबै फुलेको छ अब संरक्षण गरेर पर्याप्त आम्दानी लिने विश्वास पलाएको छ ।’
आफूले १० कठ्ठामा आँपको बोट लगाएको र यस बर्ष राम्रो आम्दानी हुने विश्वास गरिएको उनको भनाइ छ । रासायनिक विषादिले स्वास्थ्यको लागि हानि गर्ने हुँदा सम्भव भएसम्म आयुर्वेदिक औषधि छर्नुपर्ने सुझाव उपभोक्ताको छ ।
कृषि ज्ञान केन्द्र गौरका अनुसार आँप र लिची मोजर हेर्दा उत्पादन बढेन अपेक्षा गरिएको छ ।
प्रतिक्रिया