सभापति देउवासँग भाजपा विदेश विभाग प्रमुख चौथाइवालेको भेट

बुधबार, १७ बैशाख २०८२

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा विजय चौथाइवालेले भेटवार्ता गरेका छन् । 

सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा आज भएको भेटमा नेपाल–भारत सम्बन्धका समग्र पक्षहरूको समीक्षाका साथै ऐतिहासिक साझेदारीलाई थप सुदृढ बनाउने सम्बन्धमा छलफल भएको थियो ।

भेटमा सभापति देउवाका धर्मपत्नी एवं परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा पनि सहभागी थिइन् । परराष्ट्रमन्त्री डा देउवाले उक्त भेटवार्ता फलदायी भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन् । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार