बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै

आइतबार, १८ मंसिर २०७९
प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै छ । कांग्रेस उम्मेदवार पाण्डे एमाले उम्मेदवार कर्णबहादुर थापाभन्दा ३ हजार ७७८ मतान्तरले अगाडि छन् । पाण्डेले २६ हजार ९ सय ८६ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी थापाले २​३ हजार २०८ मत प्राप्त गरेका छन् । प्रदेशसभा १ मा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाहीले निर्वाचित भएका छन् भने प्रदेशसभा २ मा कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीको अग्रता छ । शाहीले १७ हजार ९२७ मत वाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लालबहादुर थापाले १५ हजार १७२ मत पाएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार