इटहरी : नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झा र पूर्वगृहसचिव टेकनारायण पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज भएको छ ।
आज सर्वोच्च अदालतका न्यायाधीसद्वय कुमार चुँडाल र महेश शर्मा पौडेलको इजलासले पूर्वगृहसचिव पाण्डेको रिट खारेज गरेको हो भने न्यायाधीश विनोद शर्मा र अब्दुलअजिज मुसलमानको संयुक्त इजलासले झाको रिट खारेज गरिदिएको हो ।
रिट खारेजसँगै झा र पाण्डे थुनामै बस्नुपर्ने भएको छ ।
प्रतिक्रिया