सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचाका लेखक तथा भिडियो इडिटिङकार दुर्गा खरेलको ‘विश्वमानव’ निबन्धसङ्ग्रहको प्रगतिशील लेखक सङ्घ मोरङद्वारा आयोजित कार्यक्रममा लोकार्पण गरिएको छ ।
सुकुना बहुमुखी क्याम्पसको सभा हलमा भएको कार्यक्रममा प्रगतिशील लेखक संघ मोरङको ११ औ जिल्ला अधिवेशन तथा विश्वमानव निबन्ध सङ्ग्रहको विमोचन र याङरुप उपन्यासको परिचर्चा कार्यक्रम समेत भएको हो । कार्यक्रम प्रगतिशील लेखक सङ्घ नेपाल कोसी प्रदेश अध्यक्ष तिला लेकालीको प्रमुख अतिथिमा भएको थियो ।
कार्यक्रममा ’विश्वमानव’ निबन्ध सङ्ग्रहको कृति समीक्षा लेखक तथा पत्रकार केशु विरही लगायतले समीक्षा गरेका थिए । विरहीले कृतिमाथिको समीक्षा प्रस्तुत गर्दै विविध विषयमा लेखिएको खरेलका निबन्ध पठनयोग्य रहेको बताए । उनले भने ’’ संसारभरि छरिएर रहेका मानिसमा मानवताका साथै भाइचाराको विकास गर्न ‘विश्वमानव’ ले सहयोगी भूमिका निर्वाह गर्ने आशा गरिएको छ ।’
कार्यक्रमको अवसरमा प्रलेस नेपाल मोरङ शाखाको एघारौँ जिल्ला अधिवेशन भएको थियो । अधिवेशनले यज्ञराज सुवेदी सुसेलीको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा देवेन्द्र पौडेल, सचिवमा नानुमैया दाहाल, सहसचिवमा भवानीप्रसाद पोखरेल, कोषाध्यक्षमा शैलेव घिमिरे शैलेन्दु निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरूमा सञ्जीव तिम्सिना, भीम कोइराला, उमा गुरागाईं, शारदा दाहाल, यज्ञ परिश्रमी, दुर्गाप्रसाद खरेल, अञ्जलि कठेत, शान्ता कर्ण चयन भएका छन् ।
प्रतिक्रिया