नवलपरासी । एनएमबि बैंक रामग्राम परासी शाखाले नगरपालिकाका १३ वटा विद्यालय र दुई अस्पताललाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ।
बैंकका तर्फबाट रामग्राम शाखाका प्रबन्धक राम नरेश गुप्ताले श्री पवन मावि परासी, श्री आदर्श मावि परासी, जनता मावि डैनाहवा, श्री राष्ट्रिय मावि पन्डितपुर, जनता मावि देवगाउँ, राष्ट्रिय मावि कर्मैनी, जनता मावि लक्ष्मीपुर, राधाकृष्ण मावि बिष्णुपुरा, जनता मावि भुजहवा, श्री बिनोद निता कंडेल आधारभूत विद्यालय दुबौलिया, महेन्द्र जनता मावि गडौरी, जनता आधारभूत विद्यालय धनगडवा, पृथ्वी चन्द्र अस्पताल परासी, श्री हरपुर मावि हरपुर र बिनोद निता कंडेल आँखा अस्पताल परासीलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेका थिए।
कार्यक्रममा बैंकका प्रबन्धक गुप्ताले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयका शिक्षक, विद्यार्थी तथा अस्पतालका बिरामी र कर्मचारीलाई शुद्ध पिउने पानीको व्यवस्था गर्नका लागि सहयोगस्वरूप वाटर डिस्पेन्सर वितरण गरिएको बताए।
रामग्राम नगरपालिकाका निमित्त नगर प्रमुख सम्झना चौधरीले एनएमबि बैंकले शुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्यले विद्यालय तथा अस्पताललाई सहयोग गरेकोमा प्रशंसा गर्दै बैंकिङ सेवा मात्र नभई सामाजिक उत्तरदायित्वका कार्यमा पनि सक्रिय भूमिका खेलेको उल्लेख गरिन्।
आदर्श नमूना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक संघका जिल्ला अध्यक्ष अरविन्द पाठक, राष्ट्रिय शिक्षक परिषद्का जिल्ला अध्यक्ष हेमन्त यादव, आँखा अस्पतालका कोषाध्यक्ष अमरचन्द्र अग्रवाललगायतले बैंकको योगदानप्रति आभार व्यक्त गरेका थिए। कार्यक्रममा बैंकका कर्मचारी डिबी कठ्यात, सूर्य पाठक, रश्मी लिग लगायतको उपस्थिति थियो।
प्रतिक्रिया