देउप्रसादको हत्याका आरोपित पक्राउ

मंगलबार, ०५ चैत्र २०८१
इलाम : इलाममा हत्या आरोपित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । एक महिनाअघि मृत अवस्थामा भेटिएका इलाम नगरपालिका–४ का ६७ वर्षीय देउप्रसाद राईको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सन्दकपुर गाउँपालिका–१ का ३२ वर्षिया राम राई र सोही स्थानका २९ वर्षीय वीरेन्द्र राई छन् । गत फागुन ३ मा घरनजिकै रहेको गोरेटो बाटोमा देउप्रसाद मृत अवस्थामा फेला परेका थिए । राईको शवको पोस्टमार्टमपछि प्रहरीले घटना अनुसन्धान गर्दा हत्या गरिएको खुलेको थियो । पक्राउ परेका दुवैलाई जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको इलाममा डिएसपी मानबहादुर राईले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार