प्रदेश १:समानुपातिकमा कस्को कति मत ?

आइतबार, १८ मंसिर २०७९
प्रदेश १ को प्रत्यक्ष तथा समानुपातिक दुबै पक्षको नतिजा आइसकेको छ । प्रदेश १ मा प्रत्यक्ष तथा समानुपातिक दुबैमा नेकपा एमाले पहिलो दल बनेको छ । समानुपातिक तर्फ १८ लाख ९९ हजार १४४ मत सदर भएको छ । प्रत्यक्ष तर्फ २५ सिटमा जित हासिल गरेको एमालेले समानुपातिकमा ६ लाख ६५ हजार ४६० मत पाएको छ । यता प्रत्यक्षतर्फ १७ सिटमा जित हात पारेको नेपाली कांग्रेसले ५ लाख ६२ हजार ९५६ प्राप्त गरेको छ । प्रत्यक्षमा २ सिट जितेको राप्रपाले समानुपातिकमा १ लाख ९८ हजार ५११ मत पाएको छ भने ९ स्थानमा जितेको माओवादी केन्द्रले १ लाख ८१ हजार २४५ मत प्राप्त गरेको छ । प्रतयक्षमा एउटा पनि सिट नजितेको जनता समाजवादी पार्टीले प्रदेश १ मा समानुपातिक तर्फ ६१ हजार ७२३ मत प्राप्त गरेको छ । प्रत्यक्षमा ३ सिटमा निर्वाचित नेकपा एकीकृत समाजवादीले समानुपातिक तर्पm ५५ हजार ९५७ मत पाएको छ । आयोगले घोषणा नगरेपनि प्राप्त मतका आधारमा सेन्टर लक विधिबाट हिसाब गर्दा समानुपातिक र प्रत्यक्षसहित प्रदेश १ मा एमालेको ४०, कांग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, एकीकृत समाजवादी पार्टीको ४ र जसपाको १ सिट पुग्ने देखिन्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार