नेता महर भन्छन् कांग्रेस केन्द्रीय समिति बैठक बोलाएर निर्वाचनको समीक्षा गर्नुपर्छ

सोमबार, १९ मंसिर २०७९
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन् । महरले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आम निर्वाचनको समीक्षा गर्नुपने बताएका हुन् । समथै महरले गठबन्धन तथा दलभित्र भएका घात अन्तरघातको छानबिन गर्न समेत माग गरेका छन्। राजनीतिक संवाद समूहले काठमाडौंको महाराजगञ्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता महरले दल र गठबन्धनभित्र भएको अन्तरघातको गहन समीक्षा गर्नुपर्ने उल्लेख गरे । नेता महरले सरकार निर्माणसँगै सत्ता साझेदारी र भावी सरकारको पाँच वर्षे स्पष्ट कार्ययोजना बनाएर मात्र अघि बढ्नुपर्ने बताए । ‘दलीय गठबन्धनको बैठकले केही निर्णय गर्नु अगाडि पार्टीको बैठकबाटसमेत धारणा बनाएर गठबन्धनको बैठकमा लैजानुपर्छ। नेपाली कांग्रसको जीवनमा लोकतान्त्रीक बाम गठबन्धन नयाँ अभ्यास हो। यस्तो अवस्थामा कांग्रेसप्रति जनताको ठूलो अपेक्षा छ। ती अपेक्षालाई कसरी पुरा गर्ने भन्नेमा कांग्रेस सजग हुन जरुरी छ,‘नेता महरले भने। शिक्षा, स्वास्थ्य, खानेपानी, सडक यातायात, विद्युत्, सञ्चार र कृषि जस्ता सेवा प्रवाहका मूल विषय कांग्रेसले आगामी दिनमा कसरी अगाडि बढाउँछ भन्नेमा जनतालाई प्रस्ट पारेर सोही अनुरूप अहिलेकै गठबन्धन आबद्ध दलको नेतृत्वमा सरकार बनेर कार्यान्वयनको दिसामा अघि बढ्नुपर्ने महरले औंल्याए। विशेष गरी युवा जमातमा आएको परिवर्तनको भोक र बेरोजगारीको समस्या ,सवदेश तथा विदेशमा रहेका नेपालीको इच्छा र आकांक्षा कसरी सम्बोधन गर्न सकिन्छ भन्नेमा कांग्रेसको प्रस्ट खाका हुनुपर्ने महरको भनाई थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार