इलाम साहित्य महोत्सव २०७९ सम्पन्न

मंगलबार, २८ चैत्र २०७९
इलाम । पर्यटनका लागि साहित्य भन्ने नारा सहित इलाममा आइतबारदेखि सुरु भएको इलाम साहित्य महोत्सव सम्पन्न भएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला संगीत प्रतिष्ठानको आयोजनामा दुइदिने महोत्सव सोमबार अबेर सम्पन्न भएको हो । महोत्सवमा साहित्यको हालको अवस्था, नयाँ पुस्ताको भुकाव तथा साहित्यसँगै जोडिएका बिषयवस्तुको बिश्लेषण भएको थियो । महोत्सवको पहिलो दिन राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष विश्व पौडेलले अंक, अर्थ र आध्यात्म विषयमा सम्भाषण व्यक्त गरे । नेकपा एकिकृत समाजबादीका महासचिव घनश्याम भुषाल, नेपाली काँग्रेसका नेता गुरुराज घिमिरे र लेखक खगेन्द्र संग्रौला बिचमा राजनितिमा एजेण्डा कि अनुहार विषयमा राजनैतिक वहस गरिएको थियो । यस्तै युवराज अधिकारी, विश्वविमोहन श्रेष्ठ र सविता गौतम दाहाल बिच लेखन सफल कि सार्थक विषयमा सम्बाद गरिएको थियो । कविहरु तिर्थ श्रेष्ठ लिला अनमोल र भुपिनबिचमा कवितामा स्थानीय चेतका विषयमा सम्बाद आयोजना गरिएको थियो । दोस्रो दिनको कार्यक्रममा कुमार नगरकोटीले कविता वाचन गरेका थिए । साहित्यका माध्यमबाट समेत पर्यटन विकास गर्न सकिन्छ भन्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले बताउनुभयो । साथै साँझ बिभिन्न जिल्लाबाट आएका गजलकारहरुले दुईदुईवटा गजल बाचन गरेका थिए । महोत्सवमा क्यानभास क्लेवरा कार्यक्रम समेत राखिएको थियो । जसमा इलामस्थित चिया बारीमा चित्रकारहरूले लोपोन्मुख जन्तु रेडपाण्डाको चित्रकला बनाइको र कार्यक्रम स्थलमा प्रदर्शन गरिएको थियो । लोपोन्मुख जन्तु रेडपाण्डाको संरक्षणमा चेतना जगाउन रेडपाण्डा सम्बन्धी चित्रकला राखिएको हो । चित्रकलाको लागि रेडपाण्डा संरक्षणको क्षेत्रमा काम गरिरहेको संस्था रेडपाण्डा नेटवर्कले सहकार्य गरेको जनाइएको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार