इलाम : इलाम नगरपालिका–७ स्थित जिरो किलोमिटर नजिक गएराति भएको ट्याक्टर दुर्घटनामा एक युवाको मृत्यु भएको छ।
१ त ७३४१ नम्बरको ट्याक्टर सडकमा पार्किङ गरेर लैजाँदै गर्दा अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका ती युवालाई उपचारका लागि इलाम अस्पताल लगिएको थियो। तर, अस्पतालमै डाक्टरले उनलाई मृत घोषणा गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार मृतकको पहिचान खुल्न नसकेको र हालसम्म कुनै आफन्त सम्पर्कमा नआएकोले चिनजान भएका व्यक्तिले जानकारी गराउन आग्रह गरिएको छ।
दुर्घटनामा संलग्न ट्याक्टर इलाम नगरपालिका–७ का ईश्वर राईको भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया