धरान : सुनसरीको धरान उप-महानगरपालिका वडा नं. १३ आपगाछीस्थित अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले ठूलो परिणाममा लागू औषध गाँजा बरामद गरेको छ।
प्रहरीका अनुसार हिजो (मंगलबार) राती ११ बजे तिर भेडेटारबाट धरानतर्फ आउँदै गरेको को २ ह ४७३९ नम्बरको अटोलाई शंका लागि चेकजाँच गर्दा १८ वटा पोका सहित झण्डै १९ केजी गाँजा फेला परेको हो।
ती गाँजाका पोका दुई वटा कालो झोलामा सेतो प्लास्टिकले प्याक गरिएको अवस्थामा फेला परेका थिए।
उक्त अटोका चालक धरान उप-महानगरपालिका वडा नं. ४ निवासी ४८ वर्षीय जोक बहादुर राई, उनका छोरा ३० वर्षीय सुमन राई र अटोमा सवार धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका वडा नं. ३ निवासी ३६ वर्षीय सुरज लिम्बुलाई नियन्त्रणमा लिइएको छ।
पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया