ट्रम्पको दाबी : अमेरिकाको समन्वयमा इजरायल–इरानबीच चाँडै शान्ति सम्भव

आइतबार, ०१ असार २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको समन्वयमा चाँडै इजरायल र इरानमा शान्ति आउने बताएका छन् ।

आफ्नै स्वामित्वको सामाजिक संजाल ट्रुूथ सोसलमा बोल्दै ट्रम्पले रुस र युक्रेन तथा इजरायल र हमाससँग केही भएपनि शान्ति ल्याएको भन्दै अब इजरायल र इरानबीचमा पनि अमेरिकी समन्वयमा शान्ति आउने र त्यसको लागि दुई देशले सम्झौता गर्नुपर्ने उनले बताएका छन् ।

बेलायती विश्व च्यानल बीबीसीका अनुसार ट्रम्पले भनेका छन्, ‘धेरै आग्रह र बैठकहरु जारी छन् । मैले केही जस त पाउँदिन तर मैले धेरै गरिरहेको हुन्छु। ठीकै छ त । जनताले बुझ्छन् । मध्यपूर्वलाई फेरि महान् बनाउँ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार