गठबन्धनकै सरकार बन्छ,अन्य दल थपिन्छन् -सञ्चार मन्त्री कार्की

मंगलबार, २० मंसिर २०७९
सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अब बन्ने सरकार गठबन्धनकै हुने दाबी गरेका छन्। सञ्चार मन्त्री कार्कीले जनताको अपेक्षा स्थायित्व, विकास र समृद्धि रहेको बताउदै जनताको चाहाना अनुसार नै सरकार अघि बढ्ने प्रष्ट पारे। सरकार गठनको विषयमा गठबन्धन बिच औपाचारिक तथा अनौपचारिक ढंगबाट छलफल भइरहेको बन्त्री कार्कीको भनाई थियो । नेतृत्वको विषयमा अहिल्यै भन्न सक्ने अवस्था नभएको उनले प्रष्ट पारे। समानुपातिकको परिणाम आइसकेपछि सरकार गठनको प्रक्रिया अघि बढ्ने बताए। गठबन्धनबाट संयुक्त वक्तव्य आइसकेपछि कुनै शंका नगर्न आग्रह गरे।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार