काठमाडौं : काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ स्थित पिपलबोटको मुख्य सडकमा गुडिरहेको बसमा एक्कासी आगलागी भएको छ। कलंकीबाट थानकोटतर्फ जाँदै गरेको पाँचपोखरी यातायातको ९७८६ नम्बरको बसमा आगो लागेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ, तर सबै यात्रु सकुशल रहेका छन्। प्रहरीका अनुसार बसको इन्जिनबाट आगो लागेपछि यात्रुहरूले तत्काल बस छाडेर बाहिर निस्कँदा मानवीय क्षति हुन पाएन।
चन्द्रागिरी नगरपालिकाको दमकल, पानी ट्यांकर, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया