इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–१ स्थित कोशी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
हिजो (बुधवार) दिउसो करिब २ः१० बजे इटहरीबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–०२–०५४प ८५६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको बायाँ साइडमा रहेको सर्भिस लेनको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक धरान उपमहानगरपालिका–५ निवासी अन्दाजी २८ देखि ३० वर्षका रुपेश मगरको बायाँ खुट्टामा गहिरो चोट लागेको छ।
उनी हल्का बोल्न सक्ने मध्यम अवस्थाका रहेको छ भने मोटरसाइकलको पछाडि सवार अन्दाजी २५ देखि ३० वर्ष उमेरका सुमन राईको अनुहार तथा टाउकोमा गम्भीर चोट लागेर उनी बोल्न नसक्ने अवस्थामा छन्।
घाइते दुवै जनालाई तत्काल उद्धार गरी उपचारको लागि मोरङको बुढिगंगा स्थित विराट मेडिकल कलेज टिचिङ अस्पताल पठाइएको छ । दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार दुर्घटना भएको स्थान हलगडा प्रहरी बिटबाट करिब ४०० मिटर उत्तरतर्फ पर्छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया