सुन्दरहरैँचामा घरको छतबाट खसेर प्रमानन्दको मृत्यु

विहीबार, १८ बैशाख २०८२

विराटनगर । मोरङको सुन्दरहरैँचामा घरको छतबाट खसेर आज (बिहीबार) बिहान १ जना वृद्धको मृत्यु भएको छ । 

प्रहरीका अनुसार सुन्दरहरैँचा नगरपालिका–५ मा आफ्नै ३ तले घरको छतबाट खसेर ८७ वर्षीय प्रमानन्द रूपाखेतीको मृत्यु भएको हो ।

बिहान ५ बजेतिर छतबाट भुइँमा खसेर रूपाखेतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ । 

प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार