भारतको गुजरातमा सवारी दुर्घटनामा परेका कञ्चनपुरका अभिषेक क्षेत्रीको मृत्यु

विहीबार, ०८ जेठ २०८२

कञ्चनपुर : कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका–९ धनसिङ्हाका १८ वर्षीय अभिषेक क्षेत्रीको भारतको गुजरात राज्यमा सवारी दुर्घटनामा परी मृत्यु भएको छ।

रोजगारीका लागि गुजरातमा बस्दै आएका क्षेत्री केही दिनअघि सवारी दुर्घटनामा परेका थिए।

दुर्घटनापछि उनलाई अस्पतालमा भर्ना गरिए पनि उपचारका क्रममा उनको निधन भएको परिवार स्रोतले जानकारी दिएको छ।

क्षेत्रीको परिवार पुनर्वास–९ मा बसोबास गर्छ। उनको असामयिक निधनले परिवार, आफन्तजन तथा समुदायमा गहिरो शोक छाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार