तीनकुने प्रकरणमा १०८ जनाविरुद्ध मुद्दा चलाउने प्रहरीको सिफारिस

शुक्रबार, ०९ जेठ २०८२

काठमाडौँ : तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनको अनुसन्धान सम्पन्न गर्दै काठमाडौँ जिल्ला प्रहरी परिसरले १०८ जनालाई प्रतिवादी बनाउने सिफारिससहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।

प्रहरी प्रवक्ता अपिलराज बोहराका अनुसार प्रतिवेदनमा फरक–फरक मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवादीहरूको नाम समावेश गरिएको छ।

झन्डै दुई महिना लगाएर तयार गरिएको प्रतिवेदनमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र सङ्गठित अपराधजस्ता गम्भीर अभियोगहरू समावेश छन्।

गत चैत १५ गते राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि दुई जनाको मृत्यु भएको थियो। घटनासँग सम्बन्धित आरोपितहरूमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर जबरा, र मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रमुख छन्।

जिल्ला सरकारी वकिलको कार्यालयले आजै मुद्दा दर्ता गर्ने तयारी गरे पनि समय अभावका कारण आइतबार मात्र मुद्दा दर्ता गर्ने जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार