किमाथाङ्का : कोशी प्रदेशको संखुवासभा जिल्लास्थित भोटखोला गाउँपालिका ४ सेम्बुङमा आज बिहान भएको आगलागीमा तीन लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठका अनुसार स्थानीय नुर्वु भोटेको ढुङ्गा–माटोले निर्मित दुईतले घर चुल्होको आगोबाट सल्केर जलेको हो ।
आगलागीले घरसँगै घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायतका सामग्री पूर्णरूपमा नष्ट भएको छ ।
घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा करीब चार घण्टापछि मात्र आगो नियन्त्रणमा आएको थियो ।
घर जलेपछि नुर्वु भोटेको परिवार अहिले छिमेकीको घरमा आश्रित बनेको छ ।
प्रतिक्रिया