सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङ र कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा समक्ष सुरक्षाको माग राख्दै दिएको निवेदन[/caption]
सो बेला कानुनको अभावमा अर्थले रकम निकासाको सहमति दिएन । भट्टराईले भने ‘मैले के गरौँ भनेर पूर्व मुख्यमन्त्रीलाई बहालमा हुँदै सोधेको थिए । त्यति बेला केही निर्णय गरिदिनु भएन । अहिले आएर सोही बजेटका विषयमा आक्रमणको धम्की दिनु भयो । ’
सामाजिक विकास मन्त्रालयले विराट गोल्ड कप सँगै झापा गोल्ड कप र बुढासुब्बा गोल्डकपका लागि बजेट माग गरेको थियो । तर पुरानो रकम भुक्तानीमा अर्थले सहमति नदिँदा पुरानो भुक्तानी गर्न मन्त्रालयले सकेको थिएन । सोही विषयमा असहयोग गरेको भन्दै निवर्तमान मुख्यमन्त्री कार्कीले धम्की दिएका हुन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले आफूकहाँ निवेदन परेको बताए । उनले निवेदन परेपछि आफूले सचिव भट्टराईको सुरक्षाको प्रबन्ध मिलाएको बताए । उनले सुरक्षा समितिको बैठक बसेर थप सुरक्षाको प्रबन्ध मिलाउने बताए ।
प्रतिक्रिया