सिम्रौनगढको मेयर चढ्ने गाडी दुर्घटना

बुधबार, ३१ बैशाख २०८२

रौतहट : बारा सिम्रौनगढ नगरपालिकाको मेयर चढ्ने सरकारी नम्बर प्लेटको स्कार्पियो गाडी रौतहटमा दुर्घटनाग्रस्त भएको छ।

रौतहटको चन्द्रनिगाहपुरबाट कटहरीया हुँदै सिम्रौनगढ तर्फ जाँदै गरेको बा २ झ ४३५४ नम्बरको  मेयर स्कारपियो गाडी देवाही गोनाही नगरपालिका ५ नारायण चोक देखि २०० मिटर उत्तर तर्फ  बाटोमा दुर्घटना भएको हो।

आफै अनियन्त्रित भई दुर्घटना हुँदा गाडी पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।

 गाडी र चालक जिल्ला बारा सिम्रौनगढ १ बैरियाका बर्ष ४० को मुस्तुफा आलमलाई सामान्य चोटपटक लागेको र अवस्था सामान्य रहेको प्रवक्ता रायले जानकारी दिएका छन्।

 घटनास्थलमा इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट असई अर्जुन मण्डलको कमाण्डमा टोली खटी गई गाडीमा चालक मात्र सवार रहेको गाडी र चालक नियन्त्रणमा लिएको छ। उक्त गाडी दुर्घटना हुँदा मेयर किशोरी प्रसाद कलवार नरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

NEWS KARKHANA
लेखकको बारेमा
NEWS KARKHANA
NEWS AGENCY

समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार