विश्वका सबैभन्दा धनी क्रिकेटरहरू : को कति धनी ?

शनिबार, ०३ जेठ २०८२

काठमाडौं : क्रिकेट दुनियाँमा प्रशिद्ध मात्र होइन, आर्थिक दृष्टिले पनि अगाडि रहेका केही खेलाडीहरू छन् जसको सम्पत्ति अर्बौंमा पुगेको छ। तीमध्ये केहीले खेलमैदानमा प्रदर्शनमार्फत मात्रै होइन, विज्ञापन, व्यापार तथा ब्रान्ड एम्बेस्डरसिपबाट पनि ठूलो आम्दानी गरेका छन्।

सबैभन्दा धनी क्रिकेटरको सूचीको शीर्ष स्थानमा छन् भारतीय महान क्रिकेटर सचिन तेन्दुलकर, जसलाई ‘क्रिकेटका भगवान’ पनि भनिन्छ। टाइम्स अफ इन्डियाका अनुसार तेन्दुलकरको कुल सम्पत्ति लगभग १७० मिलियन अमेरिकी डलर ९करिब २२ अर्ब रुपैयाँ० रहेको छ।

दोस्रो स्थानमा छन् भारतीय टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी, जसको सम्पत्ति हालको रिपोर्टअनुसार १११ मिलियन डलर रहेको छ। उनीले व्यावसायिक क्षेत्रमा समेत लगानी गरेका छन्, जसले उनलाई थप आर्थिक बल दिएको छ।

तेस्रोमा विराट कोहली छन्, जसको सम्पत्ति करिब ९२ मिलियन डलर छ। विराटले ‘वन ८’ ब्रान्डअन्तर्गत होटल र लाइफस्टाइल चेन सञ्चालन गरिरहेका छन्, जसले उनलाई ठूलो आर्थिक लाभ पुर्‍याएको छ।

अष्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङ चौथो स्थानमा छन्, जसको सम्पत्ति ७० मिलियन डलर रहेको बताइएको छ।

प्रतिक्रिया

NEWS KARKHANA
लेखकको बारेमा
NEWS KARKHANA
NEWS AGENCY

समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार