पाँचथरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

सोमबार, १२ जेठ २०८२

पाँचथर : पाँचथरको याङवरक गाउँपालिका–५ स्थित दाहाल गाउँमा श्रीमानको कुटाइबाट श्रीमतीको ज्यान गएको छ। कृष्ण लिङ्देनले आफ्नी ४० वर्षीया श्रीमती सम्झना भट्टराईलाई गत वैशाख ३ गते बिहान घरायसी विवादका क्रममा कुटपिट गरेका थिए।

गम्भीर घाइते भएकी सम्झनालाई प्रारम्भिक उपचारपछि जिल्ला अस्पताल फिदिमबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। तर उपचारकै क्रममा आइतबार राति उनको मृत्यु भएको हो।

प्रहरीका अनुसार मृतकको शव हाल सोही अस्पतालको शवगृहमा राखिएको छ भने घटनापछि कृष्ण लिङ्देनलाई अस्पतालबाटै नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार