ग्लोबल आइएमई बैंकद्वारा इभी चार्जिङ स्टेशन सञ्चालनमा

विहीबार, २२ जेठ २०८२

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा काठमाडौंको कमलादीस्थित कर्पोरेट कार्यालयमा इभी चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ। गाडी चार्ज प्रालिसँगको सहकार्यमा स्थापना गरिएको उक्त स्टेशनमा ४० किलोवाट क्षमताको सिसिटू सिंगल गन जडान गरिएको छ।

बिहीबार आयोजित कार्यक्रममा बैंकका संचालक कृष्ण प्रसाद शर्मा, नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गर्नुभयो।

बैंकले ग्राहक र कर्मचारीको सुविधाका लागि चार्जिङ सुविधा उपलब्ध गराएको हो।

बैंकले १८औं वार्षिकोत्सव तथा वातावरण दिवसको अवसरमा १८ हजार विरुवा रोपण अभियान पनि सञ्चालन गर्दैछ। बैंकका अनुसार वातावरण संरक्षण तथा जलवायु परिवर्तन न्यूनीकरणका लागि वातावरणमैत्री सेवा र प्रविधिको प्रवर्द्धनमा आफू प्रतिबद्ध रहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार