पिके २ मा रणवीर कपुर एलियनको भूमिकामा देखिने पक्का

विहीबार, २२ जेठ २०८२

मुम्बई । बहुप्रतीक्षित सिक्वेल ‘पिके २’ मा अब रणवीर कपुर एलियनको भूमिकामा देखिने भएका छन्। पिंकभिल्लाको रिपोर्ट अनुसार आमिर खान, राजकुमार हिरानी र अभिजीत जोशीको टोलीले तयार पारेको कथा रणवीरलाई मन परेको छ, र उनी यसमा अभिनय गर्न उत्साहित छन्।

‘पिके’ को अन्त्यमा संकेत गरिएअनुसार, नयाँ एलियनको भूमिकामा रणवीर देखिने चर्चा पुरा हुने सम्भावना बलियो बनेको हो। फिल्ममा आमिर र रणवीर दुबैको सहअस्तित्व देख्न पाइने अपेक्षा गरिएको छ।

हाल रणवीर नितेश तिवारीको ‘रामायण’ र सञ्जय लीला भन्सालीको ‘लभ एन्ड वार’ मा व्यस्त छन्। त्यसपछि ‘पिके २’ को काम सुरु हुने अनुमान छ।

‘पिके’ सन् २०१४ मा रिलिज भएको थियो र विश्वभरबाट झण्डै ८०० करोड रुपैयाँको व्यापार गरेको थियो। अबको सिक्वेल फ्यानहरूका लागि थप रोचक हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार