इन्स्टाग्राममा चम्किए विराट कोहली, रोनाल्डोलाई हराएर बने सबैभन्दा लोकप्रिय खेलाडी

विहीबार, २९ जेठ २०८२

काठमाडौँ – मैदानमा असाधारण प्रदर्शन गरेका भारतीय क्रिकेट स्टार विराट कोहली सामाजिक सञ्जालमा पनि उतिकै लोकप्रिय देखिएका छन्। उनले सन् २०२४ मा गरेका तीनवटा इन्स्टाग्राम पोस्टमा २ करोडभन्दा बढी लाइक प्राप्त गरेका छन्, जसले उनलाई विश्वभरका ठूला सेलिब्रिटीहरू, विशेषगरी फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई समेत उछिन्ने स्थानमा पुर्‍याएको छ।

कोहलीको सबैभन्दा धेरै लाइक पाएको पोस्ट T20 विश्वकप जितेपछि सेयर गरिएको तस्बिर हो, जसलाई २ करोड २० लाखभन्दा बढी मानिसले मन पराएका छन्। अर्को पोस्टमा उनले श्रीमती अनुष्का शर्मासँगको पारिवारिक तस्बिर सेयर गरेका थिए, जसले २ करोड लाइक पार गर्‍यो। तेस्रो पोस्टमा उनले रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले १८ वर्षपछि पहिलो पटक आईपीएल ट्रफी जितेको ऐतिहासिक क्षण साझा गरेका थिए, जसले पनि २ करोडभन्दा बढी लाइक पाएको छ।

यसैबीच, रोनाल्डोका दुई पोस्टले मात्रै २ करोडको आकडा पार गरेका छन्। संगीत क्षेत्रमा पनि जस्टिन बिबरको एक पोस्ट २ करोड ४० लाख लाइकसहित चर्चामा छ। तर कोहलीले लगातार तीन पोस्टमार्फत् सामाजिक सञ्जालमा आफ्नो प्रभाव जमाउँदै आफूलाई विश्वकै अग्रणी स्टारको रूपमा प्रस्तुत गरेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार