एअर इन्डिया विमान दुर्घटना : कम्तीमा २०४ जनाको मृत्यु, एकको जीवितै उद्धार

विहीबार, २९ जेठ २०८२

काठमाडौं : भारतको अअहमदावादमा बिहीबार भएको एअर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २०४ पुगेको छ ।

२३० यात्रु र १२ जना क्रु मेम्बरसहित २४२ जना रहेको विमान लन्डनका लागि उडेको केही मिनेटमै दुर्घटनामा परेको थियो ।

अहमदावाद प्रहरीले २०४ जनाको शव फेला परेको जनाएको छ । यसैगरी दुर्घटनाग्रस्त भएको विमानमा सवार एक व्यक्तिको जीवितै उद्दार भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । 

सो विमान चिकित्सकहरू बस्ने एक छात्रावासमा खसेको थियो ।

त्यसैले मृत्यु हुनेमा छात्रावासमा रहेकाहरू पनि हुन सक्ने जनाइएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार