‘निर्वाहमुखी कृषिबाट व्यावसायिक नगदेबालीतर्फ उन्मुख हुनुपर्छ’

बुधबार, ११ असार २०८२

धरान : कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले स्थानीय तहमा निर्वाहमुखी कृषि प्रणालीलाई क्रमशः घटाउँदै व्यावसायिक नगदेबाली उत्पादनमा उन्मुख हुनुपर्ने बताएका छन् । 

आज धरान उपमहानगरपालिका–२० स्थित कफी तथा कृषि उद्यम केन्द्रको अनुगमन एवं अवलोकनका क्रममा उनले प्रदेशमा उत्पादित कृषिजन्य वस्तुलाई अन्तरराष्ट्रिय बजारमा पु¥याउन सकिने सम्भावना रहेको धारणा राखे ।

प्रदेश प्रमुख खापुङले कफीको ब्राण्डिङ र लक्षित प्रचारप्रसारमार्फत अन्तरराष्ट्रिय बजारमा समेत नेपालको कफी स्थापित गर्न सकिने उल्लेख गर्दै किसानसँग सहकार्य गरी स्थानीय माटो, हावापानी र मौसम अनुकूल नगदेबाली उत्पादनमा लाग्न सके यसले दिगो आयआर्जन र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए ।

प्रदेशमा कृषि क्षेत्रमा आधारित व्यावसायिक उत्पादन विस्तार गरी व्यापार घाटा कम गर्ने दिशामा सबैले सहकार्य गर्नुपर्नेमा उहाँले जोड दिँदै कृषि उत्पादनलाई अन्तरराष्ट्रिय बजारमा पु¥याउन सके व्यापार घाटासमेत घटाउन सकिने उनले बताएका छन् ।  
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार