कोशी सरकारले खर्च गर्‍यो २७ अर्ब, आर्थिक मामिला तथा योजना मन्त्रालयको खर्च सबैभन्दा कम

विहीबार, २६ असार २०८२

विराटनगर। कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा जम्मा २७ अर्ब २५ करोड रुपैयाँ खर्च गरेको छ। यो कुल विनियोजित बजेटको ७७.२६ प्रतिशत हो।

कोशी प्रदेश सरकारले चालु वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार हालसम्म २७ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च भइसकेको छ।

पुँजीगत खर्चतर्फ १३ अर्ब ८२ करोड रुपैयाँ अर्थात् ७०.२६ प्रतिशत खर्च भएको छ भने चालू खर्चतर्फ १२ अर्ब ४२ करोड रुपैयाँ अर्थात् ७५.२० प्रतिशत खर्च भएको मन्त्रालयले जनाएको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा धेरै ८ अर्ब ५० करोड रुपैयाँ खर्च गरेको छ। सो मन्त्रालयका लागि ११ अर्ब १० करोड बजेट विनियोजन गरिएको थियो। खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले ४ अर्ब ४ करोड रुपैयाँ खर्च गरेको छ।

यद्यपि, बजेट निर्माण र स्रोत व्यवस्थापनको मुख्य जिम्मेवारी लिएको आर्थिक मामिला तथा योजना मन्त्रालय आफैंले सबैभन्दा कम बजेट खर्च गरेको देखिएको छ। मन्त्रालयले ५३.१३ प्रतिशत मात्र बजेट कार्यान्वयन गर्न सकेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि ६०.०९ प्रतिशत मात्र खर्च गर्न सकेको छ।

WhatsApp Image 2025-07-10 at 2.41.30 PM

प्रदेश सभाको खर्च ८१.११ प्रतिशत रहेको छ भने स्वास्थ्य मन्त्रालयले ७० प्रतिशत बजेट कार्यान्वयन गरेको छ। ३ अर्ब ४३ करोड २३ लाख विनियोजितमध्ये २ अर्ब ४० करोड ९० लाख रुपैयाँ खर्च भएको छ।

स्थानीय तहमा वित्तीय हस्तान्तरण अन्तर्गत पठाइएको बजेटको कार्यान्वयन भने प्रभावकारी देखिएको छ। ५ अर्ब ६ करोड ८५ लाख विनियोजित बजेटमध्ये ४ अर्ब ८७ करोड ९४ लाख रुपैयाँ खर्च भइसकेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार