युक्रेनी सैन्य हवाई अड्डामाथि आक्रमण गरेको रुसको दाबी

रुसी आक्रमणलाई प्रतिवाद गरेको युक्रेनको भनाई

आइतबार, ०४ साउन २०८२

काठमाडौं : रुसले शनिबार आफ्नो सेनाले युक्रेनी सैन्य हवाई अड्डामाथि आक्रमण गरेको घोषणा गरेको छ । युक्रेनले पनि सोही दिन रुसी आक्रमणलाई प्रतिवाद गरेको बताएको छ ।

रुसको रक्षा मन्त्रालयले आफ्नो पछिल्लो ब्रीफिंगमा भनेको छ कि उसको सेनाले विगत २४ घण्टामा धेरै मोर्चाहरूमा आक्रमण गरेको छ । युक्रेनी सैन्य भर्ती केन्द्रहरू, सैन्य हवाई अड्डा पूर्वाधारहरू र उड्डयन मर्मत प्लान्टहरूलाई लक्षित गर्दै आक्रमण गरेको रुसको दाबि छ ।

यसका साथै, रुसी मन्त्रालयका अनुसार, रुसी वायु रक्षा प्रणालीले छवटा हवाई बमहरू नष्ट गरेको छ र युक्रेनले प्रक्षेपण गरेको ३४९ ड्रोनहरू खसालेको छ । युक्रेनको सशस्त्र बलको जनरल स्टाफले सोही दिन युद्धभूमिको अद्यावधिक जारी गरेको छ । शनिबार दिउँसोसम्म फ्रन्टलाइनमा ३८ झडपहरू भएको उल्लेख गर्दै पोकरोभस्कमा तीव्र लडाईं भइरहेको बताइएको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शनिबार सामाजिक सञ्जालमा पोस्ट गर्दै घोषणा गरे कि युक्रेनी सेनाले रुसी आक्रमणको नयाँ लहरलाई प्रतिवाद गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार