इटहरी : जल तथा मौसम विज्ञान विभागले सुनसरी र मोरङ जिल्लाभित्र पर्ने सेउती, बूढी र खेसलिया खोलाका आसपास तथा तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
विहान गरिएको सूचनामा विभागले तीव्र वर्षा र सक्रिय मौसमी प्रणालीका कारण ती खोलाहरूमा पानीको बहाव तीव्र गतिमा बढिरहेको जानकारी दिएको छ। विभागले विशेषगरी आज दिउँसोसम्म बाढीको सम्भावना उच्च रहेको भन्दै जोखिमयुक्त स्थानका बासिन्दालाई आवश्यक सावधानी अपनाउन सुझाव दिएको हो।
यसै क्रममा इटहरी उपमहानगरपालिका–३, २, ६ र ७ का केही स्थानहरूमा बाढी पसिसकेको जनाइएको छ।
प्रतिक्रिया