प्रधानमन्त्रीसँग चीनको अन्तरराष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट

मंगलबार, ०६ साउन २०८२

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तरराष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।

प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा दुुई देशबीचको आपसी सम्बन्ध, अर्थ मन्त्रालयमा सोमबार भएको दुुईपक्षीय समझदारी र दुई मुलुकबीच उच्चस्तरीय भ्रमणका अवसरमा यसअघि भएका विकास सहकार्यका सम्झौता कार्यान्वयनलगायत विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
 
प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो र मित्रवत् सम्बन्ध रहेको चर्चा गर्दै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहो¥याए । हालैको आकस्मिक बाढीका कारण रसुवागढीस्थित दुई देशको नाकामा क्षति भएका भौतिक संरचनाको निर्माण गर्न प्राथमिकता दिएकामा चीन सरकारलाई धन्यवाद दिँदै नेपाली पक्षबाट पनि आवश्यक तदारुकता दिइएको बताए । 

भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युुवराज खतिवडा, नेपालका लागि चीनका राजदूत चेन सोङ र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको उपस्थिति थियो ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार