नेपाल–भारत जोड्ने सीमानाका भोलिदेखि बन्द हुने

विहीबार, ०८ साउन २०८२

कैलाली : भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई लक्षित गरी बैतडीस्थित नेपाल–भारत जोड्ने सीमानाका शुक्रबार साँझ ७ बजेदेखि बन्द हुने भएको छ । 
जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार झुलाघाट नाकासहित तल्लोसोराड क्षेत्रमा सञ्चालनमा रहेका घाटहरू साउन १२ गते मतदान प्रक्रिया नसकिँदासम्मका लागि बन्द रहने बताइएको छ ।

 सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले भारतीय पक्षको अनुरोधमा सीमानाका बन्द गर्न लागिएको जानकारी दिए । भारतको पिथौरागढमा हालै सम्पन्न सीमा सुरक्षा समन्वय बैठकमा भएको सहमतिअनुसार नै नाका बन्द गर्ने निर्णय गरिएको हो ।

 भारतको उत्तराखण्ड प्रदेशमा साउन ८ र १२ गते पञ्चायत निर्वाचन हुँदै छ । यही निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै बैतडीको झुलाघाट नाका साउन ९ गतेदेखि १२ गतेसम्म बन्द रहनेछ । दार्चुलाको पुलघाट नाका भने साउन ५ गते बेलुकादेखि साउन ८ गते बिहानसम्म बन्द गरिएको थियो ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार