सञ्चारमन्त्री गुरुङ केहि समयपछि चीन प्रस्थान गर्दै

विहीबार, ०८ साउन २०८२

काठमाडौँ  : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ चीनमा आयोजना हुने ‘वल्र्ड एआई कन्फ्रेन्स इन साङ्घाई’ उच्चस्तरीय सम्मेलनमा सहभागी हुन आज चीन प्रस्थान गर्ने भएका छन्। । 

 विश्वका मन्त्रीहरु एवं सचिवलगायत उच्चपदस्थ सहभागी हुने सम्मेलनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को रणनीतिक विषयमा छलफल हुने जनाइएको छ । यही साउन १० देखि  १२ गतेसम्म आयोजना हुने सम्मेलनमा भाग लिन मन्त्री गुरुङ राति ११ः३० बजे त्यसतर्फ प्रस्थान गर्नेछन् । उनका साथमा सूचना प्रविधि सल्लाहकार डा शालिग्राम पराजुली र स्वकीय सचिव विक्रम न्यौपानेलगायत छन् । 

 सम्मेलनबाट एआईसम्बन्धी विषयमा साझा धारणा बनाउन सहयोग पुग्ने मन्त्रीका सूचना प्रविधि सल्लाहकार डा पराजुलीको भनाइ छ । मन्त्री गुरुङ यही साउन १४ गते स्वदेश फर्कने तालिका छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार