वासिङ्टन : लामो समयदेखि सीमा विवादका कारण चर्किएको तनावबीच कम्बोडिया र थाइल्याण्ड अन्ततः युद्धविराम गर्न सहमत भएका छन्। यो जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका हुन्।
राष्ट्रपति ट्रम्पका अनुसार अमेरिकाको मध्यस्थतामा दुवै देश युद्ध रोक्न सहमत भएका हुन्।
यसअघि कम्बोडियाका प्रधानमन्त्री हुन सेनले अमेरिकाको युद्धविराम प्रस्तावको स्वागत गरेका थिए। प्रधानमन्त्री सेनले उनका विदेशमन्त्रीले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग युद्धविरामका सर्त र प्रक्रिया बारे छलफल गरेको बताएका थिए।
कम्बोडिया र थाइल्याण्डबीच सीमा क्षेत्रको स्वामित्वलाई लिएर विवाद चर्कंदै गएको थियो। पछिल्लो केही दिनयता स्थिति निकै तनावपूर्ण बनेको थियो। कम्बोडियाले थाइल्याण्डमाथि हवाई हमला समेत गरेको थियो। यो द्वन्द्वमा हालसम्म ३० जनाभन्दा बढीको ज्यान गएको छ।
युद्धविराम सहमतिसँगै अब द्वन्द्व समाधानको दिशामा कूटनीतिक पहलको बाटो खुलेको विश्लेषण गरिएको छ। यद्यपि, सम्झौताका विस्तृत सर्त र कार्यान्वयनको निगरानीबारे थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया