बङ्गलादेशमा सडक दुर्घटना, एउटै परिवारका ७ जनाको मृत्यु

बुधबार, २१ साउन २०८२

बङ्गलादेश : बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक दुर्घटनामा एउटै परिवारका सात जनाको ज्यान गएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेका छन्।

चन्द्रगञ्ज हाइवे प्रहरी चौकीका प्रमुख मोबारक हुसैनका अनुसार, पीडितहरू हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट आफन्तलाई लिएर माइक्रोबसमा घर फर्किरहेका थिए। फर्कने क्रममा बेगमगञ्ज उप–जिल्लामा सवारी साधन अनियन्त्रित भई सडक छेउको नहरमा खसेको थियो ।

“हामी अनुमान गर्छौं कि चालक निदाएको हुन सक्छ, जसका कारण सवारी साधन नियन्त्रण बाहिर गइ दुर्घटना भएको हो,” हुसैनले बताए।

स्थानीय समयअनुसार बिहान करिब ६ बजे भएको उक्त दुर्घटनामा सवार सबै यात्रुको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।

बङ्गलादेशमा सडक दुर्घटनाको दर उच्च रहेको र यस्तो घटनाको मुख्य कारण कमजोर सडक संरचना, मर्मतविहीन सवारी साधन, अपारदर्शी लाइसेन्स प्रणाली, ट्राफिक नियमको उल्लंघन र कमजोर निगरानी प्रणाली रहेको विज्ञहरू बताउँछन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार