कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा लापरबाही, समिति गठन

शनिबार, ३१ साउन २०८२

मुगु । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत डिकेशनाथ योगीको शनिवार निधन भएको छ । परिवारजनले डाक्टरको लापरबाहीपूर्ण उपचारका कारण मृत्यु भएको दाबी गर्दै स्वास्थ्य प्रतिष्ठानको समग्र उपचार व्यवस्थापनमा गम्भीर प्रश्न उठाएका छन् ।

शनिवार प्रतिष्ठान परिसरमा विभिन्न दलका नेता, जनप्रतिनिधि, स्थानीय समाजसेवी र योगी परिवारका सदस्यहरूको उपस्थितिमा छलफल गरी निर्णय गरिएको छ ।

योगीको मृत्यु प्रकरण छानबिन गर्न जिल्ला स्तरीय समिति गठन गरिएको छ । सो समितिको संयोजकमा जिल्ला समन्वय समितिका प्रमुख गौरिनन्द आचार्य रहेका छन् भने सदस्यहरूमा बद्रीनाथ योगी, रतननाथ योगी, विष्णुबहादुर महत र मीन बहादुर रावल लगायतका सात सदस्य रहेका छन्।

समितिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको समग्र उपचार व्यवस्थापनको सम्बन्धमा अध्ययन–छानबिन गरी प्रतिवेदन पेस गर्नेछ । प्रतिष्ठानले पीडित परिवारलाई उचित राहत उपलब्ध गराउने विषयमा पहल गर्ने र तीन दिनभित्र स्पष्ट व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

 छलफलमा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, नेकपा एमालेका केन्द्रीय सदस्य रतन नाथ योगी माओवादी केन्द्रका विष्णु बहादुर महत, स्थानीय जनप्रतिनिधि, चिकित्सक तथा योगी परिवारका आफन्तहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार