सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

विहीबार, ०५ भदौ २०८२

काठमाडौं। स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९४ हजार ८०० निर्धारण भएको छ। त्यति नै परिमाणको चाँदी दुई हजार २९० मा खरिदबिक्री भइरहेको छ।

बुधबार एक तोला सुन रुएक लाख ९३ हजार ५०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार २५५ मा क्रयविक्रय भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार