इलाम : अविरल वर्षापछि इलाममा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ।
विभिन्न स्थानमा पहिरोले घरपुरै बगाउँदा हालसम्म मृत्यु हुनेको सङ्ख्या २८ पुगेको सशस्त्र प्रहरीले पुष्टि गरेको छ।
इलाम नगरपालिका–६ घोसमा एकै घरका छ जनाको पहिरोले पुरिएर मृत्यु भएको छ। त्यस्तै, सूर्योदय नगरपालिका–१ मानेभञ्याङमा आमाछोरीसहित पाँच जनाको ज्यान गएको छ।
माङ्सेबुङ गाउँपालिका–१ मा तीन, देउमाई नगरपालिकामा दुई, खापखुकपुङ गाउँपालिकामा एक, माइजोगमाई गाउँपालिकामा आठ र सन्दकपुर गाउँपालिकामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्थानीय प्रशासनले उद्धार तथा राहत कार्यलाई तीव्र पारेको बताएको छ भने अझै पनि केही ठाउँमा सम्पर्क टुटेको र हराइरहेका व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ।
प्रतिक्रिया