इलाम : अविरल वर्षाका कारण इलामका विभिन्न स्थानमा गएको पहिरोमा परेर हालसम्म ३७ जनाको मृत्यु भएको छ भने अन्य धेरै व्यक्ति बेपत्ता रहेका छन्।
इलाम, देउमाई, माईजोगमाई, सूर्योदय, सन्दकपुर, माङसेबुङ र फाकफोकथुमका बस्तीहरूमा पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ।
प्रहरीका अनुसार प्रभावित क्षेत्रमा स्थानीय बासिन्दा, नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरी उद्धार र राहत कार्य जारी रहेको छ। अझै पनि केही स्थानमा पहिरोको जोखिम उच्च रहेको छ।
मृतकहरूको नाम सूची:
इलाम–६ घोष गाउँ (प्रकाश तामाङको घर):
समीर देउजाली, २३ बर्ष
प्रविण तामाङ, २३ बर्ष
बिराज पाख्रिन तामाङ, २३ बर्ष
आवास दनुवार, ३ बर्ष
अनु तामाङ, ३२ बर्ष
प्रिन्सिखा मगर, ८ बर्ष
सन्दकपुर–१ छाँगे (छवि धन राईको घर):
भिमबहादुर राई, ४३ बर्ष
हरिमाया राई, ६६ बर्ष
देवी राई, ४७ बर्ष
शेखर राई, ५४ बर्ष
शारदा सेडाई, ७४ बर्ष
तारा देवी राई, ४८ बर्ष
माईजोगमाई–३ प्याङ (बर्मलाल सोङमीको घर):
बर्मलाल सोङमी, ८२ बर्ष
बुद्धमाया सोङमी, ७० बर्ष
धनबल सोङमी, ४६ बर्ष
सरला सोङमी, ४२ बर्ष
प्रकृति सोङमी, १४ बर्ष
सूर्योदय–१ मानेभञ्याङ (राजु क्षेत्रीको घर):
मनमाया क्षेत्री, ६५ बर्ष
रश्मिका क्षेत्री, १०
दीप बस्नेत, ४५
भवानी बस्नेत, ४४
दिव्या बस्नेत, १२
देउमाई–५ ढुसेनी (दीपक लिम्बुको घर):
दीपक लिम्बु, ३० बर्ष
ऋषिका लिम्बु, २७
दिपिस्का लिम्बु, १०
सौजन लिम्बु, ९
सौगात लिम्बु, ११
देउमाई–५ झारे (मनकुमार लिम्बुको घर):
रोशन लिम्बु, २२ बर्ष
बेबिसा राई, २२
देउमाई–३ लक्ष्मीबोटे (गणेश मगरको घर):
कृष्ण मगर, २८ बर्ष
माङसेबुङ–१ पार्टी गाउँ (मदन लिम्बुको घर):
कृष्णमाया लिम्बु, ५७ बर्ष
माया लिम्बु, ५०
नेहा राई, १७
फाकफोकथुम–३ रातमाटे:
सुरेश लिम्बु, २८ बर्ष
माईजोगमाई–६ ओडारे (भक्तबहादुर थेबेको घर):
किरण थेबे, २८ बर्ष
मनमाया थेबे, १८
मुनुसा थेबे, ३
प्रतिक्रिया