काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुन ६ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला २ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया