मधेश प्रदेश सभा बैठक बस्दै, सभामुखमाथि महाभियोग सम्बन्धी छलफल हुने

बुधबार, ०३ मंसिर २०८२

 

जनकपुर । मधेश प्रदेश सभा बैठक आज बस्ने भएको छ । उपसभामुख बबिता कुमारी राउत ईशरले आज १ बजेका लागि बैठक आह्वान गरेकी छन् ।आजको बेठकमा सभामुख रामचन्द्र मण्डलले पद अनुकूल आचरण नगरेको प्रस्तावमाथि छलफल गर्ने कार्य सूची रहेको छ ।

यसका लागि सम्पूर्ण प्रदेश सांसद र प्रदेशसभामा कार्यरत कर्मचारीहरुलाई अनिवार्य रुपमा उपस्थित हुनका लागि उपसभामुख ईशरले आग्रहसमेत गरेकी छन् । ७ दलका ६४ जना सांसदले महाभियोग दर्ता गराएपछिको यो पहिलो बैठक बस्न लागेको हो । महाभियोग दर्ता भएको ७ दिन भित्र बैठक बसी छलफल गर्नु पर्ने नियम रहेको छ ।

अन्तिम पटक बैठक बस्दा निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तालिका रहेको थियो । सोनलसहितको तत्कालिन मन्त्रीपरिषदका मन्त्रीहरुको बिना उपस्थित नै सभामुख मण्डलले बैठक अगाडि बढाएपछि विवाद उत्पन्न भएको थियो । सोही समय सोनलले आफू मुख्यमन्त्री पदबाट राजिनामा दिएको प्रदेश सभा बेठकमै घोषणा गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार