झापा कारागारमा रहेका भारतीय कैदी लिम्बुको उपचारका क्रममा मृत्यु

शुक्रबार, ०५ मंसिर २०८२

झापा : झापा जिल्ला कारागारमा कैद सजाय भुक्तान गरिरहेका भारत, पश्चिम बंगाल दार्जिलिङका ६१ वर्षीय कर्णबहादुर लिम्बुको उपचारका क्रममा मृत्यु भएको छ।

 आज  बिहान कारागारमै अचानक रक्तचापसम्बन्धी समस्या देखिएपछि उनलाई भद्रपुरस्थित प्रदेशीय अस्पताल लगिएको थियो। उपचार भइरहेको अवस्थामा बिहान ८:४० बजे लिम्बुको मृत्यु भएको जिल्ला कारागार स्रोतले जानकारी दिएको छ।

जबरजस्ती करणी मुद्दामा २०७५ साल साउन २९ गतेदेखि कैद भुक्तान गर्दै आएका लिम्बुको शव प्रदेशीय अस्पताल भद्रपुरमै राखिएको प्रहरीले बताएको छ।

घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतसहितको टोली खटिएको छ। मृतकका आफन्तलाई घटनाको जानकारी गराइसकेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार