४१ किलो गाँजासहित बराहक्षेत्रबाट एकजना पक्राउ

शुक्रबार, ०५ मंसिर २०८२

इटहरी : सुनसरीको वराहक्षेत्रबाट अवैद्य लागुऔषध सहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

भारतीय नम्बर बिआर ११ बीएफ ०१८९नम्बरको मोटरसाईकलमा धरानबाट अवैद्य आउदै गरेका सप्तरीको राजविराज नगरपालिका वडा नम्बर २ का लालदेव रजकलाई प्रहरीले साढे ४१ किलो ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । 

गएरातीको सुनसरीको वराहाक्षेत्र नगरपालिका वडा नम्बर ३ नडाहामा लागु औषध ओसार पसार भईरहेको विशेष सुचनाका आधारमा अस्थायी प्रहरी चौकी नडाहाले गाँजा र मोटरसाईकल सहित रजकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

पक्राउ परेका रजकलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर थप अनुसन्धान भईरहेको समेत प्रहरीले जनाएको छ । 


 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार